चितवनको गोली काण्डमा हाम्रो संलग्नता छैनः बीसी

बैशाख १८, चितवन । नेकपा (माले) उम्मेदवारमाथिको गोलीकाण्डमा आफ्नो पार्टीको संलग्नता नभएको नेपाल कम्युनिस्ट पार्टीका चितवन इन्चार्ज लालबहादुर बिसीले बताएका छन् ।
सोमबार एक जिज्ञप्ति जारी गर्दै बिसीले केही सञ्चारमाध्यमहरुले भरतपुर महानगरपालिका वडा नं. ११ का अध्यक्ष उम्मेदवार कृष्ण कुमालमाथिको गोली काण्डमा आफ्नो पार्टीलाई जोडेर प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । बिसीले उक्त समाचार भ्रामक र कपोलकल्पित भएको बताएका छन् ।
“२०७४ बैसाख १७ गते भरतपुर महानगरपालिकाको ११ नं. वडाका नेकपा मालेका तर्फबाट अध्यक्षका उम्मेदवार भएका कृष्ण कुमाललाई गोली हानेको घटना प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । २०७४ बैसाख १८ गतकोे अलाइन खबरमा ‘महाअभियोगपछि सेनाको आकस्मीक बैठक, सुरक्षा, सतर्कता अपनाउने’ शिर्षकमा उक्त घटनामा नेकपाको संलग्नता रहेको भन्ने समाचार भ्रामक, कपोलकल्पित मनगढन्ते भएको र उक्त समाचारप्रति हाम्रो पार्टीको तर्फबाट घोर भत्र्सना गर्दै समाचारको खण्डन गर्दछौ” विज्ञप्तिमा भनिएको छ ।

0 comments

Write Down Your Responses