यस्ता छन् नुवाकोटका एमाले उमेदवारहरु



बैशाख १८, नुवाकोट ।
बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जिल्लाका १२ वटै स्थानीय तहमा उमेदवार चयन गरेको छ ।
सोमबार स्थानीय तहका प्रमुख र उपप्रमुख सहित वडा अध्यक्ष र सदस्यहरुको उमेदवारीको अन्तिम निर्णय लिइएको हो ।
 एमालेले जिल्लाको पुरानो नगरपालिका विदुरमा प्रमुखमा सञ्जु पण्डित र उपप्रमुखमा गिता दाहाल एवं नयाँ नगरपालिका बेलकोटगडी प्रमुखमा राजेन्द्र रमण खनाल र उपप्रमुखमा रुपा सापकोटालाई चयन गरेको छ । त्यसमध्ये बेलकोटगडी नगरपालिका प्रमुख उमेदवारका लागि पार्टी भित्रै निर्वाचन भएको थियो । जस मध्ये राजेन्द्र रमण खनालले प्रतिद्वन्दी सुदर्शन नेपाललाई १ मतले पराजित गरेको थियो । प्रमुख पदको उमेद्वारको लागि तीन जना दावेदार रहेपछि सहमति हुन नसकेर निर्वाचन गर्नु परेको थियो ।
खनाल अध्यक्ष ओली पक्षधर हुन् भने अन्य उमेद्वारहरु नेपाल र बासु कडुवाल माधव नेपाल पक्षधर हुन् ।
एमालेले सुर्यगडी गाउँपालिका अध्यक्षमा विन्दा ढुंगाना र उपाध्यक्षमा घकुमार लामा, किस्पाङ गाउँ पालिका अध्यक्षमा विरबल तामाङ र उपाध्यक्षमा श्रीमाया लामा, लिखु अध्यक्षमा सुमन पाठक र उपाध्यक्षमा संजिता राई, तारकेश्वर अध्यक्षमा रमेश वस्ती र उपाध्यक्षमा तारा मधिकारी, ककनी अध्यक्षमा जित बहादुर बलामी र उपाध्यक्षमा ललिता तामाङ, शिवपुरी अध्यक्षमा पदम उप्रेती र उपाध्यक्षमा मंगलमाया थापा उमेदवार चयन गरिएको एमाले जिल्ला सचिवालय सदस्य घकुमार लामाले बताए ।
यस्तै मेघाङ अध्यक्षमा मेघनाथ तामाङ र उपाध्यक्षमा विन्दुमाया तामाङ, दुप्चेश्वर अध्यक्षमा सुरत शेर्पा र उपाध्यक्षमा लक्ष्मी तामाङ, पञ्चकन्या अध्यक्षमा लेख बहादुर बोहरा र उपाध्यक्षमा मनिका थापा, तादि अध्यक्षमा केपी लामिछाने र उपाध्यक्षमा इश्वरी तामाङ उमेदवार बन्ने पक्का भएको छ ।

0 comments

Write Down Your Responses