रसुवामा खटाइएको निर्वाचन अधिकृतबाट आत्महत्याको प्रयास
बैशाख १९, रसुवा ।
रसुवा जिल्लाको कालिका गाउँ पलिका २ मा निर्वाचन अधिकृत भएर खटिएका सन्तोष गिरिले आत्महत्याको प्रयास गरेका छन् ।
आफू बसेको सरकारी निवास खादामा पासो लागेको अवस्थामा भेटी खादा काटी उपचारका लागि नुवाकोट अस्पताल लगिएको थियो ।
अस्पतालमा भर्ना गरेपनी होस नखुलेको कारण थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लान आटिएको रसुवा प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा आत्महत्याको प्रयास गरेको देखिन आएको उहाँले बताउनु भयो ।


0 comments
Write Down Your Responses