माओवादी केन्द्रमा गम्भिर मतभेदः नारायणकाजी भन्छन् महाअभियोग प्रस्ताव फिर्ता हुनुपर्छ



बैशाख १८, काठमाडौं ।
नेपालको इतिहासमै महिलो महिला प्रधान न्यायाधीश बनेकी शुशिला कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई लिएर माओवादी केन्द्रमा गम्भिर मतभेद देखिएको छ ।
पार्टीका पुर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले महाअभियोग प्रस्ताव गम्भिर गल्ती भएको भन्दै फिर्ता लिन माग गरेका छन् ।
प्रधानमन्त्रि निवास बालुवाटारमा बसेको पार्टी हेडक्वाटरको बैठकमा श्रेष्ठ महाअभियोगको विपक्षमा कडा रुपमा प्रस्तुत भएका थिए ।
प्रधान न्यायधीश कार्कीको केही कार्यशैलीगत त्रुटी भएको भएपनि उनको मुल प्रवृति निष्ठावान र स्वच्छ रहेकोले महाअभियोग प्रस्ताव गलत भएको उनले बताए ।

0 comments

Write Down Your Responses