बैशाखे झरीका कारण चुनाव प्रचार प्रसारको काममासमेत अवरोध



बैशाख २६, काठमाडौं । सोमबार देखिनै पानी परिरहेको हुनाले स्थानीय चुनावको मतदान गर्ने दिनसम्म पनि पानी पर्नसक्ने अनुमान मौसमविद्हरुले गरेका छन् ।

यस्तो लाग्छ मौसम पनि स्थानीय चुनावको विरुद्धमै देखिएको जस्तो छ । कतिपय जिल्लामा चुनाव प्रचार प्रसारको काममासमेत अवरोध पुर्‍याएको छ । चितवनमा त पानीसंगै परेको चट्याङले माओवादीका एक उम्मेदवारको मृत्यु नै भएको छ ।

पूर्वी तथा मध्य नेपालमा पानी परिरहेको छ । पूर्व र मध्यको तुलनामा पश्चिम नेपालमा कम पानी परेको छ । सोमबार रातिदेखि काठमाडौं उपत्यका सहित देशैभरी मौसम बद्लिएको छ ।

पश्चिम नेपालको नजिक रहेको न्यून चापिय क्षेत्र, नेपालको मध्येभागदेखि भारतको उडिसासम्म बिकसित भएको न्यून चापिय क्षेत्र र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु पूर्वी क्षेत्रबाट नेपालमा छिरेको कारण अहिले पानी परिरहेको छ ।

मौसम विद्हरुका अनुसार पानी पार्ने सिस्टम सक्रिय रहेकाले भोट हाल्ने दिनसम्मै पनि पानी पर्नसक्ने पूर्वानुमान गरिएको छ । पूर्व र मध्ये नेपालका जिल्लामा यसको मुख्य असर परे पनि पश्चिममा कम हुन्छ ।

0 comments

Write Down Your Responses