बाम ध्रुविकरण तीब्र, दर्जनौं नेताहरु विप्लवतिर

बैशाख २४, काठमाडौं । राजधानीको कमलादी स्थित प्रज्ञा भवनको एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सदस्य श्यामबहादुर बोहरा ‘अटल’, केन्द्रीय सदस्य देवेन्द्र पौडेल ‘प्रताप’, माओवादी केन्द्र निकट लेखक संघका बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी सहित दर्जनौं नेता प्रचण्ड समूह परित्याग गरेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

सोही कार्यक्रमबाट बैद्य समुहका वरिष्ठ साहित्यकार खम्बु चन्द ‘समिर यात्री’ पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

त्यसैगरी नेकपा माक्सवादीका पोलिटब्युरो सदस्य गोकर्ण योञ्जन, मोहन प्याठा लगाएत १८ जना नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन प्रमुख अतिथि रहनुभएको सो कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष इश्वरीप्रसाद दाहाल ‘असारे काका’, सञ्चालन नेकपाका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकी र स्वागत भाषण अर्का केन्द्रीय सदस्य मकर गुरुङ ‘अविरल’ ले गरेका थिए ।

पछिल्लो यो ध्रुविकरणलाई नेकपा क्रान्तिकारी ध्रुविकरणको केन्द्र बन्दै गएको अर्थमा सर्वत्र हेरिएको छ ।

0 comments

Write Down Your Responses