राप्ती बन्दको बलियो प्रभाव/लमहीमा तोडफोड
जानकी दहित, जेठ ३०, दाङ । राप्तिमा अाफ्ना ४० जना नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दको प्रभाव आज बिहानैदेखि परेको छ । बन्दका कारण यातायात, कलकारखाना, शिक्षणसंस्था, बजार ठप्प रहेको छ । प्युठान, दाङ, रोल्पा लगायत राप्तीबाट आफ्ना तीन केन्द्रीय सदस्यसहित दर्जनौं नेता कार्यकर्तालाई पुलिस प्रशासनद्वारा गैरन्यायिक तथा गैरकानुनी गिरफ्तार गरिएको भन्दै त्यसको विरोधस्वरुप रिहाईको माग गर्दै नेकपाले राप्ती बन्दको आयोजना गरेको हो ।
बन्दकर्ताले विहानै ९ बजे लमहीमा ३ वटा मालवाहक वाहन र एउटा जीपमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै दाङको देउखुरीमा ४ वटा गाडी समेत तोडफोड गरिएको प्राप्त समाचारमा उल्लेख छ ।
बन्दकर्ताले विहानै ९ बजे लमहीमा ३ वटा मालवाहक वाहन र एउटा जीपमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै दाङको देउखुरीमा ४ वटा गाडी समेत तोडफोड गरिएको प्राप्त समाचारमा उल्लेख छ ।


0 comments
Write Down Your Responses