आफ्ना नेता रिहा नगरे कडा प्रतिवाद गर्ने प्रकाण्डको चेतावनी



जेठ २५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले विहिबार एक विज्ञप्ति प्रकाशित गर्दै गिरफ्तार कमरेडहरुको स–सम्मान तुरुन्त रिहाइको जोडदार माग गर्नुका साथै यथाशक्य रिहा नगरे पार्टीले संघर्षको मोर्चाबाट यसको प्रतिवाद गर्ने र त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार देउवा सरकारको गृह प्रशासन हुने चेतावनी दिएको छ ।

 विज्ञप्तिमा भनिएको छ– प्यूठान जिल्लामा पार्टी कार्यक्रमबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज क. सुवास, केन्द्रीय सदस्य क. असल, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द र जिल्ला सेक्रेटरी दधिराम सुवेदीलगायतका कमरेडहरुलाई देउवा सरकारको गृह प्रशासनले सपथ खाएकै दिनमा गैर कानुनी गिरप्तार गरी सदरमुकाम खलंगा प्रहरी हिरासतमा राखेको घटनाले पार्टी आक्रोशित भएको बताउनु भएको छ । 

असल तिनै व्यक्ति हुन् जो जनयुद्धको बेला वर्तमान गृहमन्त्री जनार्दन शर्मा प्रभाकरका एक कुशल र भरपर्दा कमाण्डर थिए तर हाल असलले माओवादी जनयुद्धको सपना पुरा नभएको भन्दै अर्को क्रान्तिको बाटो रोजेका छन् भने शर्माले संसदीय बाटो । त्यसैले प्रभाकर गृह मन्त्रि भएका छन् भने असल प्रभाकर गृहमन्त्री भएकै दिन प्रहरी हिरासतमा छन् ।

0 comments

Write Down Your Responses