अध्यक्षलाई रिहाई नगरे कडा प्रतिरोध गर्ने : उपाध्याय
जेठ २५, काठमाडौँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायले आफ्नो संगठनको अध्यक्ष बन्दु लगायत गिरफ्तारी गरिएका नेता, कार्यकर्तालाई तुरुन्त विना सर्त तत्काल रिहाई नगरे राज्यविरुद्ध कडा प्रतिरोध गर्ने बताएकी छन् ।
महासचिव उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी गरेर संगठनको कामको सिलसिलमा प्युठानमा सामान्य छलफल गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको घटनप्रति संगठनको ध्यानाकर्षण भएको बताएकी छन् । उपाध्यायले लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिक मौलिक अधिकारको गम्भीर उल्लंघन गरेको बताएकी छन् ।
‘कथित लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिकको मौलिक अधिकारलाई समेत गम्भीर उल्लंघन गरी दैशैभरि हाम्रो संगठनका नेता, कार्यकर्ता, समर्थक, सर्वसाधारणलाई समेत पञ्चायती शैलीमा दमन, धरपकड र गिरफ्तार गरिएको छ । यो घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।



0 comments
Write Down Your Responses