नर ब. र बुदनी माया सुनुवार को दुई भाइ छोरा मध्ये कान्छो छोरो बिजुली कुमार सुनुवार पन्च्यात कालमा मालेको भुमिगत कार्यकर्ता भै विभिन्न ठाउमा गै कम्युनिस्ट आन्दोलन आदर्श मुल्यमान्यता कम्युनिस्ट जिवनको बारेमा र आन्दोलन अगि बढाउन आवश्यक पर्ने गुरिल्ला वार को ट्रेनिङ समेत लिएर वसेका बिजुली अरुलाइ त पढाइयो तर आज आफ्नै जीवन धान्न गारो भएको कुरा बताउनु हुन्छ।
जन्म ०२० साल तिर रामेछपको साब्रा भन्ने ठाउमा जन्मिएका सुनुवार नेपालको गरिबिले ०२८ सालतिर बुवा को साथमा मधेशको सर्लाही जिल्ला हरिभवन झरेको कुरा बताउछनु हुन्छ सुनुवार ।
त्यहा पनि गारो भए पछि ०४३ सालतिर धनुषा को तुलसी भन्ने ठाउमा वसाइ सरि गएको र त्यहा माले पार्टिको प्रभाव भै संगठन निर्माण भएर पार्टिको गतिविधी संचालन मा रहेको कुरा बताए र आफू पनि कम्युनिस्ट पार्टी मन पर्ने भएको ले संगठित भैयो किसान संगठनको अध्यक्ष भै काम गर्न थालियो।
कम्युनिस्ट भएको स्थानीय सामान्त हरुलाइ मन पर्ने कुरा भएन त्यस पछि सुरु भयो भुमिगत जीवन
र आन्दोलन बचाउन र फस्टाउनको निम्ति संघर्ष
मदेस मा प्रहरी ज्यादती राज्यको उपस्थिति बलियो भएका कारण राज्यको उपस्थिति कम र गरिबी ज्यादा भएको ठाउँ पहाडतिर लागियो कम्युनिस्ट जीवन र आदर्शको बारेमा जन्तालाइ पढाउन लागियो तर आफुले पढाएको कुरा आफुलाइ नेता हरुले भनेको कुरा हो र !
जस्तो लागि विस्मृती लाई स्मृतिमा ल्याइ धिक्कार्छन नेता हरुलाइ ।
प्राय उत्सव चाड माओ जयन्ती सहित राती नै मनाउने गरिन्थ्यो ।
राज्य र नागरिकको विचमा भएको अन्तर लाई(सघर्ष) आन्दोलनको विषय बनाइ जनता लाई जागृत बनाउदै कम्युनिस्ट आन्दोलन संग एकाकार गरि संगठन निर्माण को कार्य गर्दथ्यौं त्यतिखेर नि सहि थियो अहिले नि सहिनै छ। तर यस्लाइ लागु गर्ने नेता भएनन। पार्टी लाई नेताको आफ्नो स्वार्थ अनुरुप भाषण गर्ने र लागू आफ्नो तवरले गर्छन। स्वार्थ सिद्वान्त नमिल्दा देश पछि परेको।देश परिवर्तन को खातिर सवै आन्दोलनमा आफ्नो प्राण दिने योद्वा हरुको सपना का गयो ? कामकुरो एकातिरा कुम्लो बोको ठिमितिर जस्तो छ !
यो मलाइ मन पर्दैन०४६ को परिवर्तन पछि नेता बिगृयको भान हुन्छ र पनि कम्युनिस्ट भन्ने पार्टी लाई नै भोट हालेको छु र यस्पाली पनि बाम गठबन्धन लाई भोट हाले नेता हरुले जनाएको प्रतिबद्धता अनुरुप गए देश बिकास र
देश लाई जोगाउनु र मुलुक लाई अगि बढाउन जन्ता ले दिएको जनादेश लाई शिरो धार्य गरि नेता अगि बढुन यहि आशा बोक्छन बिजुली कुमार सुनुवार?
सुनुवार संग सम्बादको आधार मा तयार गरिएको ।
![]() |
| B |



0 comments
Write Down Your Responses