अनिश योन्जनको तामाङ सेलो

अनिश योन्जनको तामाङ सेलो ल्होछार मेलारी सार्वजनिक भएको छ ।
(song Nepal )संग्स नेपालको अफिसियल युट्यु च्यानलबाट सार्वजनिक म्युजिक भिडियोलाई काठमाडौ इतिहाँसिक थलो बौद्ध,स्वयम्भू,भृकुटीमण्डप लगायतका ठाउँहरुमा छायांकन गरिएको हो ।
सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-११,गायक अनिश योन्जन (च्याङबा)को शब्द,संगीत तथा आवाजमा रहेको गीतमा रुशा जिम्बाको समेत आवाज रहेको छ । प्रेम लामाको निर्देशनमा तयार भएको भिडियोमा अनिश योन्जन तामाङ,रुशा जिम्बा,बलराम तामाङ र राममाया वाइबाको अभिनय देख्न सकिनेछ । दिपसन डंगोलले खिचिएको भिडियो सुन्दर लामाको एरेन्जमा तयार भएको हो । मेकअपमा सरिता श्रेष्ठले सघाएको छ,` भने सम्पादन अभिनायक श्रेष्ठले गरेका हुन् ।
तामाङहरुको नयाँवर्षलाई आधार बनाएर लेखिएको शब्दलाई सर्जकले गीतमा उतारेका छन

0 comments

Write Down Your Responses